कीर्ति वृत्ति सम्मान पत्रकार डा. आचार्य, शर्मा र बास्तोलालाई अर्पण
पाेखरा | पुस ४, २०८०
पोखरा: कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई अर्पण गरिएको छ ।
पूर्व सांसद तथा उद्योगपति स्व।सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको कीर्ति स्मृति वृत्ति सम्मान ३ पत्रकारलाई अर्पण गरिएको हो । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा।सुरेश आचार्य, पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्षहरू माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित भएका हुन् ।
उनीहरू तीनै जनालाई जनही १ लाख ११ हजार १ सय ११ नगद सहित सम्मान गरिएको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
पुरस्कार छनोट समिति २०७७ को संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पुरस्कार छनोट समिति २०७८ र २०७९ का संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक रहेका थिए ।
पोखराका प्रथम निर्माण व्यवसायी स्व।कीर्तिबहादुर के.सी.को स्मृतिमा स्थापित यो पुरस्कार २०७३ बाट अर्पण गर्न सुरु भएको हो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

